काठमाडौं : नेकपा एमालेले तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । काठमाडौंको होटल एभरेस्टमा आयोजित कार्यक्रममा एमाले नेताहरु तिज गीतमा छमछमी नाचेका छन् । कार्यक्रममा नेता कोमल ओलीले तीज गीत गाइन् भने अरु नेताहरु उनीसँगै नाचेका छन् ।
उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिव योगेश भट्टराईलगायतका नेताहरु पनि सहभागी छन् ।
तपाइँको प्रतिक्रीया