काठमाडौं : मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेको आरोपमा आजीवन कारावासमा परेका ११ जनालाई रिहा गर्ने सरकारको निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ । सन् २००२ मा गुजरात राज्यमा भएको धार्मिक दंगामा उनको परिवारका १४ सदस्यको पनि मृत्यु भएको थियो ।
ती पुरुष १५ वर्षको जेल सजायपछि रिहा भएका थिए । महिला र पुरुषले बलात्कारीलाई रिहा गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्दै नाराबाजी गरेका थिए । भारतीय फिल्म स्टार र महिला अधिकार अभियानकर्ता शबाना आजमीले राजधानी दिल्लीमा एएफपीसँग भनिन, ‘बिल्किस बानो र उनको परिवारलाई जे भयो त्यो हामीले हेर्न सक्दैनौं ।’
तपाइँको प्रतिक्रीया