काठमाडौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरूसँग राजधानीमा आज भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने ।
उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता भएको बताए । उनले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।
नयाँ र पुराना पुस्ता मिलेर देश बनाउनुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले लोकप्रियताका लागि जे पनि भन्ने र बोल्ने प्रवृत्तिबाट नेताहरु मुक्त हुनुपर्ने धारणा व्यक्त गरे ।
तपाइँको प्रतिक्रीया