२०८२ जेठ ३२ शनिवार

राशिफल

स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद

काठमाडौ : रुपन्देही प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ अवैध रकम बरामद गरेको छ ।  बुटवल उपमहानगरपालिका ८ सुख्खानगर बस्ने २८ वर्षीय सन्दीप शाक्यबाट रकम बरामद गरेको हो ।

रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त रकम बरामद गरेको हो ।

बरामद गरेको रकम सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।