२०८२ असार १७ मङ्गलबार

राशिफल

कास्की प्रदेशसभामा लामिछानेको चर्चा : स्थानीय भन्छन् उपयुक्त उम्मेदवार ।

आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं‍ .१ को प्रदेश (क) बाट प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार हुने रस्साकस्सी सुरु भएको छ । नेपाल तरुण दलको केन्द्रीय स्तरको नेत्री र नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेकी युवा नेत्री दुर्गा लामिछानेको प्रदेशसभा सदस्यका लागि बलियो दाबेदारका रूपमा चर्चा हुन थालेको छ ।

नेपाली काँग्रेसलाई समयसापेक्ष आम नेपालीले भरोसा गर्ने पार्टीका रूपमा स्थापित गर्नुपर्ने दूरगामी सोचका साथ पार्टीका विभिन्न तह र तप्कामा नेतृत्व गर्दै आएकी लामिछाने पार्टीको तर्फबाट कास्की १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्ने तीव्र तयारीमा लागेकी छन् ।

विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय रही जुझारु नेत्रीको छवि बनाएकी लामिछाने महिलाहरूको प्रतिनिधित्व र अधिकारका विषयमा बुलन्द आवाज उठाउने नयाँ भिजन सहितको युवा नेत्री भएका कारण कास्कीमा प्रदेशसभा सदस्यका लागि जित्न सक्ने उपयुक्त उम्मेदवार हुने कास्की क्षेत्र नं।१ का एक स्थानीय नेताले बताए ।

कानुन र विकास शास्त्र विषयमा स्नातकोत्तर गरी हाल अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी स्कलर रहनु भएकी लामिछाने विश्वव्यापी विकासका मोडल र राष्ट्रिय,अन्तर्राष्ट्रिय विविध आयाम र विषयबारे गहिरो जानकार समेत रहेका कारण उनको भिजन र जोस जाँगर सहितको नयाँ अनुहारलाई जनताले अनुमोदन गर्ने विश्वास कास्कीका बुद्धिजीवीहरूमा रहेको पाइन्छ ।

नेतृ लामिछाने उनका अनुभव र सिकाइका आधारमा राजनीतिमा लागि पार्टी, समाज र राष्ट्रलाई योगदान गर्न सक्ने विश्वासका साथ क्रियाशील रहेकोले कास्कीको क्षेत्र नं।१ को प्रदेश ९क० क्षेत्रलाई मुलुककै नमुना विकासको मोडलका रूपमा स्थापित गर्ने उनको मुख्य एजेन्डा सहित प्रदेशसभाका लागि चुनाव लड्ने तयारीमा रहेको चर्चा कास्की जिल्लामा चल्न थालेको छ ।

राजनीति देशको मूल नीति रहेको र यसले राज्यको हरेक क्षेत्रमा प्रभाव पार्ने भएकोले पार्टी र मुलुकको नेतृत्व सबल, सक्षम र नैतिकवान् हुनुपर्ने कुरामा नेत्री लामिछानेले मुख्य जोड दिँदै आएकी छन् ।

कानुन एवम् विकास शास्त्रको विद्यार्थी रहेकी लामिछाने आफूले प्राप्त गरेका अनुभव तथा ज्ञानलाई राजनीति एवम् सामाजिक कार्य मार्फत उपयोग गर्ने र भावी पुस्ताले आफूले भोगेको भन्दा सुखी,समृद्धियुक्त वातावरण पाउनुपर्छ भन्ने अठोटका साथ राजनीतिमा लागेकोले व्यवहारिक कार्यान्वयनका लागि राज्यको नीति निर्माण गर्ने ठाउँमा पुग्नु पर्ने आवश्यकता रहेकोले प्रदेशसभा सदस्यका लागि लामिछानेको उम्मेदवारी उपयुक्त हुने कास्की ९१० का काँग्रेस निकट एक शिक्षकले बताए ।

अग्रज तथा समकक्षी समेतको सल्लाह र सुझावलाई आत्मसात् गर्दै उम्मेदवारी दिने तयारीमा रहेकी लामिछानेलाई सबैको साथ र सहयोग मिल्ने विश्वास रहेको उनी निकट महिला नेत्रीले बताइन् ।

लामिछानेको उम्मेदवारी केवल व्यक्तिगत मात्र नभै आफू जस्ता रूपान्तरणकारी सोच, विचार र भिजन राख्ने समुन्नत नेपालका पक्षधर युवाहरूको उम्मेदवारी हुने काँग्रेसका क्रियाशील एक युवाले बताए ।

प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नु पर्छ भन्ने सुझाव अग्रज र साथीहरूबाट व्यापक आइरहेको छ, सबैको सल्लाह,सुझावलाई सकारात्मक रूपमा हेरिराखेको छु । भिजन र दृष्टिकोण सहित नयाँ अनुहार उम्मेदवार भए हुन्थ्यो भन्ने धारणा आम मानिसमा रहेको पाइन्छ, त्यसैले आफू उम्मेदवार बनेर सबै वर्ग र समुदायको भावनालाई प्रतिनिधित्व गर्दै अगाडि बढ्ने र भावी पुस्ताको सुनौलो भविष्य निर्माणका लागि अधार स्तम्भहरू तयार गर्न प्रतिबद्ध रहँदै व्यवहारिक कार्यान्वयनमा जोडी दिने कुराको अठोट सहित अगाडि बढौँ कि भन्ने सोच आएको नेतृ लामिछानेले बताइन् ।

नेतृ लामिछानेले मेरो मुख्य उद्देश्य भावी पुस्तालाई हेरेर प्रदेशका नीति बनाउने र मेरो प्रदेश क्षेत्रलाई मुलुककै विकास र सामाजिक न्यायको मोडलका रूपमा स्थापित गर्ने हो । अग्रज र साथीहरूको सुझाव उम्मेदवार बन्नुपर्छ भन्ने छ, नेत्री लामिछानेले भनिन्, त्यस कारण मेरो उम्मेदवारी दिएर समय सापेक्ष युवाको आवाज र समग्र कास्की क्षेत्र नं। १ का जनताको आवाज बोकौँ कि भन्ने लागेको छ । पार्टीका क्रियाशील साथीहरूको विश्वास र हौसलाले अझै ऊर्जाका साथ लाग्ने प्रेरणा मिलेको छ, यसपालि उम्मेदवार बनेर जनताको सेवामा लाग्ने अठोट लिएर अगाडि बढ्नुपर्छ भन्ने सोच आएको नेत्री लामिछानेले बताइन् ।

बर्तमानको आवश्यकता, अग्रजलाई सम्मान गर्दै उहाँहरूका अनुभव र भोगाइबाट प्रेरणा लिँदै अघि बढ्नुपर्ने कुरामा दृढ रहेकी लामिछाने राष्ट्रको समुन्नत विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने कुरालाई प्राथमिकतामा राख्दै प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा लागेको कास्की क्षेत्र नं। १का स्थानीय बिच बहसको विषय बनेको छ ।

स्थानीय स्तरमा सकारात्मक प्रतिक्रिया आइरहेको छ, यसपालि महिला नेतृत्वलाई अगाडि बढाउँदा सकारात्मक सन्देश जाने कुराले पनि महत्त्व पाएका कारण लामिछानेको उम्मेदवारी पक्का भएको कंग्रेस कार्यकर्ताहरूको भनाई छ ।