२०८२ असार १७ मङ्गलबार

राशिफल

प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सल्यानबाट प्रकाश ज्वालाको नाम सिफारिस

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारीका लागि उनको नाम सिफारिस गरेको हो ।

सो पार्टीका जिल्ला सचिव रमेश गौतमका अनुसार समानुपातिकतर्फ भने दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभा ९क० र ९ख० का लागि ६ जनाको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।

एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको यस जिल्लामा प्रदेश ९क० मा लोकबहादुर डाङ्गी, प्रेमा अधिकारी र जीवन बिसीको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभा ९ख०मा भद्रसिंह बुढा, शारदा परियार र हरी केसीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट सशक्त दाबी गरेको छ ।
प्रदेश सरकारमा माओवादीलाई सत्तामा टिकाउन र जम्मा एक सिट जितेको कांग्रेसलाई सत्तामा पु¥याउन प्रकाश ज्वाला लगायत नेकपा एकीकृत समाजवादीका नेताहरुले निर्णायक भूमिका खेलेका कारण पनि कांग्रेस र माओवादीका लागि सल्यानमा प्रकाश ज्वालालाई सघाउनुपर्ने नैतिक दबाब बढेको चर्चा छ । यद्यपि नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ दाबी कायमै राखेका छन् ।​