काठमाण्डाै : केन्यासँगकाे पाँचाैँ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् । मल्ल ४४ बलमा ५९ रन बनाएर आउट भए ।
ज्ञानेन्द्र ५९ रन बनाउँदा पाँच वटा चाैका र दुई वटा छक्का प्रहार गरे । उनी १४ ओभर २ बलमा भिराज पटेलकाे बलमा आउट भए ।
पाँच खेलकाे टी–२० शृङ्खलामा आज नेपाल र केन्याबीच निर्णायक खेल भइरहेकाे हाे । शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजकाे खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे छ ।
तपाइँको प्रतिक्रीया