२०८२ असार १६ सोमबार

राशिफल

अछाममा एक युवा मृत अवस्थामा फेला

काठमाडौं  :  अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा फेला परेका छन् । गएराति करीब साढे १० बजेतिर स्थानीय २५ वर्षीय बमबहादुर धाँमी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बेलुका घर नफर्किएपछि खोजी गर्दा मध्यपहाडी लोकमार्ग अन्तरगत विनायक बजार नजिकै पर्ने मुख्य सडकको नालीमा धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

घटनाबारे थप विवरण प्राप्त भइसकेको छैन । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।