२०८२ असार १७ मङ्गलबार

राशिफल

सुर्खेतमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु

काठमाडौंः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीच झडपमा हुँदा एकजनाको मृत्यु भएको छ ।

तीजको नाच हेर्ने क्रममा हिजो राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।