काठमाडौं : झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ बस्ने ८० वर्षीय देबीबहादुर अधिकारीको मृत्यु भएको हो। मनकामना सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घाइते देबी बहादुरको उपचारको लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसी बसन्त पाठकले जानकारी दिए।
तपाइँको प्रतिक्रीया