२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

काठमाडौं  :  नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । सत्ता गठबन्धनको सीट बाँडफाडको फाइनल गर्नुअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

आज बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै पदाधिकारी सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ ।

यस्तै बैठकमा पूर्व पदाधिकारीलाई समेत सहभागी गराएको छ ।