काठमाडौँ : सत्ता गठबन्धनको कांग्रेस निकट नेविसंघले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरिरहँदा अर्को सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिवि बचाउ संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
‘त्रिवि खुला छ, सधैँ खुला रहन्छ, तालाबन्दी मान्दैनौं’ भन्ने सन्देश दिन साताव्यापी कार्यक्रम घोषणा गरिएको क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए ।
‘बिम्बको रुपमा २४ सैं घण्टा विश्वविद्यालयको बत्ती बाल्छौं, पानी धारा खुला राख्छौं, कक्षाकोठाको ढोका र क्याम्पसको गेटहरू खुला राख्छौं,’ उनले भने ।
पहिलो चरणको आन्दोलन भदौ २१ गतेसम्म जारी रहने उनले बताए । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले प्रेस विज्ञप्ति जारी गरेर आन्दोलनको कार्यक्रमहरूको घोषणा गरेकी हुन् ।
विज्ञप्तिमा विभिन्न मागहरू पनि अघि सारिएको छ । नियुक्तिमा राजनीतिक भागबण्डा बन्द गर्नुपर्ने, हुबहु प्रश्न सोध्न संलग्न दोषीलाई कारबाही गरिनुपर्ने, परीक्षा र नतिजा समयमा नै संचालन गरिनुपर्ने, शैक्षिक क्यालेण्डर लागु हुनुपर्ने लगायत माग अघि राखिएको हो ।
तपाइँको प्रतिक्रीया