काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर म्याउम्याउ गरेको बताएका छन् । साथै अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएर खुसुखुसु गरेको ओलीको भनाइ छ ।
बुधवार कञ्चनपुरमा पार्टीको कार्य क्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि भारतसँग प्रस्ट भन्न नसकेको बताए । उनले गठबन्धनले लिम्पियाधुरा लिपुलेक आफ्नो भूमि भन्न नसकेर ‘समस्या’ भनेर भन्ने गरेको भन्दै गठबन्धन राष्ट्रियता विरोधी भएको टिप्पणी गरे ।
‘यस गठबन्धन पछार्नका लागि एमालेलाई जिताउनुपर्छ । गठबन्धनले जित्यो भने देशले हार्छ । देशमा स्थायित्व अमन चयन कायम गर्न एमालेको सरकार बनाउनुपर्छ’, ओलीको भनाइ छ ।
तपाइँको प्रतिक्रीया