२०८२ जेठ २७ सोमबार

राशिफल

पूर्वराजा ज्ञानेन्द्रकी आमाको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्रकी आमा ९सानीआमा० ९४ वर्षकी रत्नको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । उनको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।

आई क्लिनिकका डा. सुमन एस थापाले शल्यक्रियापछिको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएका हुन् ।
रत्न स्वर्गीय महेन्द्रकी पत्नी तथा पूर्व राजा ज्ञानेन्द्रकी आमा ९सानीआमा० हुन् । ज्ञानेन्द्रकी आमा इन्द्र राज्य लक्ष्मी देवी शाहको निधनपछि महेन्द्रले उनकै बहिनी रत्नसँग विवाह गरेका थिए ।

रत्नको शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल तथा पूर्व युवराज्ञी हिमान शाहलगायत परिवारका अन्य सदस्य पनि क्लिनिकमा पुगेका थिए ।

देशमा गणतन्त्र स्थापनापछि पूर्व राजपरिवारका सबै सदस्यले नारायणहिटी छाडे पनि सरकारले रत्नलाई भने नारायणहिटीकै महेन्द्र मञ्जिलमा बस्न दिएको छ ।