आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ को प्रदेश-क बाट प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट प्रत्यक्ष र समानुपातिकमा उमेदवार हुने रस्साकस्सि सुरु भएको छ । नेपाल महिला संघ जिल्ला सदस्य, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेकि युवा नेत्री सुमित्रा अधिकारि प्रदेशसभा सदस्यका लागि समानुपातिकमा बलियो दावेदारका रुपमा चर्चा हुन थालेको छ ।
लामो समय देखि समाजसेवा र राजनीतिमा सक्रिय रहि लगनशील र जुझारु नेत्रीको छवि वनाएकि लामिछाने महिलाहरुको प्रतिनिधित्व र अधिकारका बिषयमा बुलद आवाज उठाउने नयाँ भिजन सहितको युवा नेत्रि भएका कारण चितवनवाट प्रदेशसभा सदस्यका लागि समानुपातिकमा उपयुक्त उमेदवार भएको चितवन क्षेत्र।नं।२ का एक स्थानीय नेताले बताए ।
नेत्री अधिकारि विभिन्न सामाजिक संघसस्था,क्लवमा सक्रिय रहि समाजसेवामा सक्रिय छन् । उनी सक्रिय नारि चेतना सहकारि समुहको सचिव, जुटपानि खानेपानी उपभोक्ता समिति सहसचिव समेत छन् ।
नेत्रि अधिकारी चितवन क्षेत्र नं.२ का जनताहरु सँग प्रत्यक्ष जोडिएर विभिन्न सामाजिक काममा अग्रपंक्तिमा रहेर सक्रिय रहने र पार्टिका कार्यक्रम,आन्दोलनमा समेत उनको सक्रिय उपस्थिति देखिन्छ , त्यसकारण नेत्री अधिकारीलाई समानुपातिक तर्फ प्रदेशसभा सदस्य बनाउदा समाजसेवामा जोडिएका महिलाहरुलाई न्याय भएको सन्देश जाने स्थानीय सक्रिय महिलाले बताए ।
नेत्री अधिकारीले आफ्नो योगदान र पार्टि प्रतिको लगनशीलताका कारण पार्टिले आफुलाई विश्वास गरेर समानुपातिकमा राखेर प्रदेसभामा सदस्य बनाउने विश्वास रहेको बताइन्।
तपाइँको प्रतिक्रीया