२०८२ असार १६ सोमबार

राशिफल

महाअभियोग सिफारिस समितिमा जबराको दोस्रो दिनको बयान सकियो, २ वटा प्रश्न मात्र सोधियो

NDC Khabar

 काठमाडौं : महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिएको छ ।

जबरा विहान ११ बजे सिंहदरबारमा पुगेका थिए । झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ ।

महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।