२०८२ असार १६ सोमबार

राशिफल

नारायणगढ–मुग्लिन सडक ८ घण्टापछि खुल्याे

काठमाण्डाै : पहिरोका कारण बन्द नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा  पहिरो खस्दा आज बिहीवार बिहानदेखि याे सडक दुईतर्फी नै बन्द भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पहिराे पन्छाएसँगै रोकिएका गाडी अहिले गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउनका लागि दुई वटा लोडरसहित एस्काभेटर प्रयोग गरिएको थियो ।