काठमाडौं : बढ्दो महँगी र आर्थिक मन्दीका कारण पछिल्लो समय मानव तस्कर पुनस् मौलाउँदै गएको छ ।
नेपालबाट हरेक दिन २५ जना भन्दा बढी महिला भिजिट भिसामा खाडी मुलुक जाने गरेका छन् । यहाँ छँदा सामान्य बैंक खाता सञ्चालनको भाँतीसम्म नपुर्याउने महिला भिजिट भिसामा विदेशिने क्रम बढेको छ ।
अझ आश्चर्य त के छ भने मध्यरात अवतरण हुने जहाजमा उनीहरुलाई पठाइने गरेको छ । शंका लागेर रोकिएका महिला हप्ता दिन नबित्दै फेरी चाँजोपाँचो मिलाएर उड्ने गरेका छन् ।
झापाकी २६ वर्षीया महिला, जो कामको सिलसिलामा ३ वर्ष खाडी मुलुकमा पुगेकी थिइन् । कोभिडका कारण नेपाल फर्किएकी उनी भिजिट भिसामा दुबई जान लाग्दा प्रहरीको नियन्त्रणमा परिन । यी त एक पात्र मात्र हुनु । पछिल्लो समय मानव तस्कर पुनस् मौलाउँदै गएको छ ।
तस्करको समूहले भिजिट भिसामा खाडीका विभिन्न मुलुकमा अवैध लैजाने क्रमले तीब्रता पाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत भदौ ८ देखि निरन्तर समूह बनाई भिजिट भिसामा विदेश जाने नेपालीको जमातलाई लगातार नियन्त्रणमा लिइरहेको छ ।
भदौ ८ मा जजिरा एअरबाट मध्यरातमा विदेशिन लागेका ३९ महिलालाई नियन्त्रणमा लिइ अनुसन्धानका लागि माइती नेपालको जिम्मा लगाएपछि पनि त्यो क्रम अझै रोकिएन । हालसम्म सय बढी महिला र ५० पुरुषलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथमा रहेका केही कागजात सही भएपनि केहीलाई आफ्नो त बैंक ब्यालेन्स कुन बैंकमा छ भन्ने समेत हेक्का नभएको अनुसन्धानबाट खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नेपालीलाई रातिको समयमा उडान तालिका मिलाउने गरिएको छ । जसमा एयरलाइन्स, अध्यागमनको मिलेमतोको आशंका छ ।
विमानस्थलबाट नियन्त्रणमा लिइएका महिलालाई भने माइती नेपालमा राखिएको छ भने पुरुषहरुको हकमा बिमानस्थलकै प्रहरी परिसरमा राखिएको छ । भिजिट भिसामा जाने नेपालीले विमानस्थल पुग्ने बितिकै आफनो मोबाइलमा भएको मेसेज डिलिट गर्ने मात्र नभई अध्यागमनको काउन्टर समेत तोक्ने गरेका कारण सबैको मिलोमतो भएको पुष्टि हुने माइती नेपालको दावी छ ।
भिजिट भिसामा विदेशिने नेपालीहरुमा अघिकांश खाडी मुुलुकमा काम गरेका र कोरोनाका कारण स्वदेश फर्काइएकाहरु रहेका छन् । आफूहरुलाई के कामका लागि लगिएको भन्ने हेक्का समेत नभएका उनीहरु एजेन्टकै भरमा विदेशिने गरेको पाइएको छ ।
आफ्ना परिवारका सदस्य विदेशिएर केही कमाई गर्ने आशमा रहेकाहरु भने प्रहरीले नियन्त्रणमा लिएपछि जिम्मामा घर फर्काउनेहरु एजेन्टलाई कारबाही हुनुपर्ने माग गर्छन । मावन तस्कर रोक्न निकायका रुपमा रहेको मानव बेचबिखन नियन्त्रण ब्यूरोले भने कोही पीडितले जाहेरी नदिएसम्म भिजिट भिसामा जाने जो कोहीलाई रोक्न नमिल्ने यद्यपी सरकारले बनाएको नीति नियम नै गलत भएको बताउँछ ।
भिजिट भिसमा विदेश जाने अधिकांशको गन्तब्य यूएई रहेको छ । जहाँ ९ महिनाको अवधिमा ४९ हजार बढी नेपाली भिजिट भिसमा गएकोमा ५० प्रतिशत पनि स्वदेश फर्केका छैनन् ।
तपाइँको प्रतिक्रीया