काठमाडौं : दाङका धेरैजसो ग्रामीण सडक भत्किँदा स्थानीयवासी समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र भूक्षयका कारण दाङका धेरैजसो सडक बिग्रँदा गाउँबाट सदरमुकाम जान र सदरमुकामबाट गाउँ फर्किन समस्या हुने गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १९ सैघालाई चारैतिरबाट जोड्ने विभिन्न कच्ची सडकमा क्षति पुगेकोले आवतजावतमा समस्या भएको वडा नम्बर १९ का पूर्वअध्यक्ष हर्क घर्तीले जानकारी दिनुभयो । यसैगरी बङ्गलाचुली, राजपुर र बबई गाउँपालिकाका ग्रामीण क्षेत्रका सडक पनि वर्षापछि आएको बाढी र पहिरोले बिगार्दा स्थानीयवासी समस्यामा परेका छन् ।
यसैगरी पश्चिम क्षेत्रमा राम्चे आसपास र रोल्पासम्म जोड्ने सडकमा पनि क्षति पुगेको छ । त्यस्तै पश्चिम दाङको गहत खोलामा आएको बाढीले पक्की सडक नै बगाएको छ ।
तपाइँको प्रतिक्रीया