काठमाडौंः बारामा एक पुरुष मृत फेला परेका छन्।
बाराको जितपुर सिमरा उपमहानगरपालिका १९ मटिअरिया टोल बस्ने ७७ वर्षीय प्रेमी चौधरी सोही ठाउँस्थित खोलाको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
घरबाट सोमबार खेतमा काम गर्न जान्छु भन्दै निस्किएका उनी केही समयसम्म पनि नफर्किएपछि खोजी गर्ने क्रममा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया