काठमाडौं काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलको शीतलचोकमा गएराति मिनीट्रक दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्।
गएराति साढे ८ बजेतिर फर्पिङबाट सिस्नेरीतर्फ जाँदै गरेको बा.प्र.–०१–००४ क ०६३२ नम्बरको मिनीट्रक आफैं अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जानकारी दिएको छ। उक्त ट्रकमा सवार २ जना पुरुष गम्भीर चोटपटक लागेको अवस्थामा अचेत फेला परेको थिए।
दुर्घटनामा घाइते उनीहरूलाई प्रहरी र स्थानीयले उद्धार गरी मनमोहन अस्पताल फर्पिङ पुर्याएका छन्।
तपाइँको प्रतिक्रीया