२०८२ असार २ सोमबार

राशिफल

नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाण्डौ   : नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल दिउँसो पौने एक बजे नैरोबी मैदानमा सुरु हुनेछ ।

नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । हिजो भएको खेलमा जितका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

नेपालको जितमा आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय पारी खेले । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ ।