२०८२ असार २ सोमबार

राशिफल

शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने

काठमाडौं : जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ ।

शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएको छ ।

जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले आयोजना गर्ने उक्त पदयात्रापछि शे फोक्सुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा परेको प्रभावलगायत विषयमा अन्तर्क्रिया हुने साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।