काठमाडौं : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ । खप्तड लघुवित्तको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ ।
यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
अन्तिम दिनसम्म यो आईपीओमा १८ लाख ५० हजार १३२ आवेदकबाट २ करोड ४ लाख २२ हजार ४०० कित्ता सेयर माग भएको छ। यो मागभन्दा १६५.४९ गुणाले बढी हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।
तपाइँको प्रतिक्रीया