२०८२ असार १५ आइतबार

राशिफल

पहिरोका कारण अरनिको राजमार्ग अबरुद्ध

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अबरुद्ध भएको छ ।

आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुदै सिन्धुपाल्चोकका बिभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् ।

पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।