२०८२ असार १५ आइतबार

राशिफल

लोसपा अध्यक्ष ठाकुर सप्तरी क्षेत्र नं २ बाट सिफारिस

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी  (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फबाट सिफारिस गरिएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको सभा हलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उनको नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ दुलारीदेवी खङ्ग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्रको नाम सिफारिस गरिएको छ ।