२०८२ असार १५ आइतबार

राशिफल

सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भव छ : मेयर शाह

काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताउनुभएको छ । उहाँले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभएको हो ।

इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाण्डाै महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरुको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताउनु भयो । उहाँले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताउनु भयो । उहाँले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरु पूजा गर्नमा मात्र सिमित नभइ मनोरञ्जन,उत्शाह र उमङ्ग, खुशीेसँग जोडिएको बताउनु भयो ।

मेयर शाहले काठमाण्डाै उपत्यकाका तीन जिल्लाका पर्वहरुको छुट्टाछुट्टै महत्व रहेको भन्दै सबै पर्वहरुलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताउनु भयो । यस्तै काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयाे ।