२०८२ असार ३ मङ्गलबार

राशिफल

साफ महिला च्याम्पियनशिपमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हरायो

काठमाण्डाै : साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हरायो । जितसँगै भारतले तीन अङ्क जोडेको छ । आजै बेलुका साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सको खेल हुनेछ ।

प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजो मङ्गलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई चार–शून्य गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्ग्लादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान तथा समूह ‘बी’ मा भारत, बङ्ग्लादेश, पाकिस्तान र माल्दिभ्स छन् । हरेक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।