२०८२ असार ३ मङ्गलबार

राशिफल

एनभीएको अध्यक्षमा जितेन्द्रबहादुर चन्द चयन

काठमाडौं  :  नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् ।

आज बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार चन्दले ७६ मत ल्याए । उनले अध्यक्षका अर्का प्रत्यासी निरोज मास्केलाई २६ मत अन्तरले पराजित गरे । मास्कको पक्षमा ५० मत पर्यो ।

पूर्व भलिबल खेलाडी चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९सीएभीए० का कोषाध्यक्ष समेत हुन् ।