२०८२ असार १२ बिहीबार

राशिफल

कांग्रेस सांसद दिव्यमणिद्वारा रातो पासपोर्ट मन्त्रालयलाई फिर्ता

काठमाण्डाै : नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सांसदको सुविधामा पाउने रातो पासपोर्ट परराष्ट्र मन्त्रालयलाई फिर्ता गर्नुभएको छ । अब संसद्को कार्यकाल सकिन लागेको र पासपोर्ट प्रयोजनका कुनै काम नभएकाले फिर्ता गरेको उहाँले बताउनुभो ।

आफूसँगै राख्दा हराउने र अरू कसैले दुरुपयोग गरिदिने सम्भावना रहेकाले पासपोर्ट फिर्ता गरेको सांसद राजभण्डारीले उज्यालाेलाई जानकारी दिनुभयो । ‘रातो पासपोर्टका कारण धेरै सांसद बदनाम पनि भइरहेका छन्, हामीलाई कार्यकाल रहेसम्मका लागि मात्रै यो दिएको हुनाले मैले फिर्ता गरेको हो । अब सांसदको हैसियतमा पाएका सबै सुविधा छाड्दै जाने हो’, राजभण्डारीले भन्नुभयो ।

सरकारले सांसदहरूलाई विशेष कुटनीतिक सुविधासहितको रातो पासपोर्ट दिँदै आएको छ ।