२०८२ असार १२ बिहीबार

राशिफल

कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझायो, शीर्ष तहको बैठक शुक्रबार

काठमाडौं : सत्ता गठबन्धनको सिट बाँडफाँटमा सहमति जुटाउन गठन भएको कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको छ । हालसम्म भएका छलफलका निचोडका आधारमा प्रतिवेदन तयार गरेर शीर्ष नेतृत्वलाई बुझाइएको हो ।
बिहीबार दिनभरजसो प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदल र शीर्ष नेतृत्वको बैठक बसेको थियो । कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ ।
यसैबीच शुक्रबार पनि शीर्ष नेतृत्वको बैठक बस्ने भएको छ । सो बैठकले प्रतिवेदनबारे थप छलफल गरेर भागबण्डाको संख्या फाइनल गर्ने बताइएको छ ।