२०८२ असार ३ मङ्गलबार

राशिफल

दीपेन्द्र र सीता क्रिकेट वर्ष खेलाडी

काठमाडौँ : एनसीसीएस–सीप्यान क्रिकेट अवार्ड २०२२ मा दीपेन्द्रसिंह ऐरी र सीता रानामगर वर्ष खेलाडी भएका छन् ।

क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले शुक्रबार राजधानीमा आयोजना गरेको क्रिकेट अवार्डमा पुरुषतर्फ दीपेन्द्रले करण केसी, रोहितकुमार पौडेल र कुशल भुर्तेललाई पछाडि पार्दै क्रिकेटर अफ द इयरको ट्रफी जिते । महिलातर्फ सीताले मनोनयनमा रहेका इन्दु बर्मा, ज्योति पाण्डे, कविता कुँवरलाई उछिनेकी हुन् । अवार्ड विजेता दुवैले समान १ लाख ३२ हजार रुपैयाँ पुरस्कार पाए ।

स्पेसल अवार्डबाट पूर्वकप्तान पारस खड्कालाई सम्मानित गरिएको थियो । उनले पनि १ लाख ३२ हजार पाए । मोमेन्ट अफ द इयरको उपाधि अस्मिना कर्माचार्यले जितिन् भने इमर्जिङ क्रिकेटर अफ द इयरको अवार्ड देव खनालले जिते । उनीहरू दुवैले समान ६६ हजार रुपैयाँ प्राप्त गरे ।