काठमाडौं : सर्पले डसेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो सर्लाही हरिवन नगरपालिका ११ की ३५ वर्षीया याम कुमारी महतोलाई गोमन सर्पले डसेको थियो ।
सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्प दंस अस्पताल नवलपुर लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर रिफर गरिएको थियो ।
उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया