२०८२ असार १२ बिहीबार

राशिफल

डोटीमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु

काठमाडौं  :  डोटीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ।

हिजोसाँझ जोरायल गाउँपालिका–१ मणिपुरका ३४ वर्षीय भूपेन्द्र मल्लको मृत्यु प्रहरीले जनाएको छ।

मणिपुर सडक खण्डमा सुप प्र ०१-०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मल्लको मृत्यु भएको हो। उनी बजारबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए।