२०८२ असार १२ बिहीबार

राशिफल

कलंकीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

काठमाडौं  :  काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

हिजो काठमाडौं १४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सडक छेउमा रोकेको बा प्र ०३-००१ ख २०४० न.को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र.न.३-०२-००३ प ८८८८ न. को मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा काठमाडौं २१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका १४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जनको ज्यान गएको हो।

प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका १२ का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नियन्त्रणमा लिएको छ।