काठमाडौं : काभ्रे प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ का अन्दाजी ३० वर्षीय नारायण पाख्रिन नक्कली नोट नौ हजारसहित पक्राउ परेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बिहिबार काभ्रेको रोशी गाउँपालिका–७ बडारेगाउँमा एक व्यक्ति नक्कली नोट बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा उनी पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले पाख्रिनलाई पक्राउ गरेको हो।
पक्राउ परेका पाख्रिनलाई जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तपाइँको प्रतिक्रीया