२०८२ असार १२ बिहीबार

राशिफल

राप्रपाको प्रशिक्षण विभाग सदस्य तेजविक्रम शाहले छोडे पार्टी

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रशिक्षण विभाग सदस्य तेजविक्रम शाहले पार्टी परित्याग गरेका छन् ।

उनले पार्टी अध्यक्षलाई लेखेको राजीनामा पत्र फेसबुकमा सार्वजनिक गर्दै राप्रपा परित्याग गरेको जानकारी दिएका हुन् ।

राप्रपा सिद्धान्त र विचारबाट बिमुख हुँदै गएको भन्दै उनले पार्टीको कार्यनीति र रणनीतिमा असहमतिका ६ बुँदा पनि सार्वजनिक गरेका छन् ।