२०८२ असार ११ बुधबार

राशिफल

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

काठमाडौं : काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ र प्रहरीबीच एक आपसमा ढुंगा हानाहान भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलो गरेको भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीबीच आज बिहान १० बजे ढुंगा हानाहान भएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले राष्ट्रपति भण्डारीको पुत्ला दहनसमेत गरेका छन सोही क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको जानकारी दिए ।