काठमाण्डाै : आज आइतवार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गर्नुभएको हो । उहाँले धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने उल्लेख गर्नुभयाे ।
महामन्त्री थापाले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउनासाथ सबैभन्दा धेरै गाली आफूले खाने गरेको पनि गुनासाे गर्नुभयाे । अहिले कोरिडोर क्षेत्रमा दुई आना र पाँच आना जग्गामा सयौँ घर बनेकाले ती घरकाे संरक्षण गर्ने गरी ‘मास्टर प्लान’ बनाउन उहाँकाे सुझाव छ ।
उहाँले भन्नुभयो, ‘धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाएर गरिदिनुपर्छ । कोरिडोर क्षेत्रमा भएका कामहरू अब बन्ने आयोजनाअन्तर्गत आउनुपर्छ । यो क्षेत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु ।’
महामन्त्री थापाले कोरिडोर क्षेत्रमा बनेका घरहरू वैधानक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरूको समेत संरक्षण कसरी गर्ने भन्नेबारेमा सोच्नुपर्ने बताउनुभयो ।
तपाइँको प्रतिक्रीया