काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । तीनकुने–कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन यसअघि पटक–पटक माइकिङ गर्दै आएको महानगरले आज आइतवार डाेजर लगेर हटाउन थालेको हो ।
महानगरले सूचना दिँदा पनि अटेर गरेर फुटापाथ ढाकेर बनाएको पाली, भर्याङ तथा सिँढीहरू हटाएको काठमाण्डाै महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताउनुभयो । महानगरले अघिल्लो हप्ता पनि कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा डोजर चलाएको थियो ।
यस्तै कोटेश्वरमा रहेको भाटभटेनीको अन्डरग्राउन्ड पनि नक्सापास विपरीत व्यापारिक प्रयोजनमा रहेको पाइएपछि हटाउन थालेको महानगरपालिकाले जनाएको छ । आफूहरूले हटाउन थालेपछि भाटभटेनी आफैँले २४ घण्टाभित्र हटाइसक्ने बताएपछि २४ घण्टे समय दिएको काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।
तपाइँको प्रतिक्रीया