काठमाडौं : जह इन्टरटेनेमन्ट प्रालिको आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् । शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन् । उनले उपाधिसँगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन् ।
त्यस्तै चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप भइन् । उनले नगद ३० हजार, क्राउन लगायत अन्य उपहारहरू प्राप्त गरिन् । सप्तरीकी सुदिक्षा चौधरी सेकेन्ड रनरअप भइन् । उनले नगद २० हजार, क्राउन लगायत उपहार प्राप्त गरिन् ।
त्यसैगरि १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकै लालबहादुर रत्गैया मिस्टर थारु २०२२ को उपाधि जित्न सफल भएका हुन् । उनले पनि नगद ५० हजार र विभिन्न उपहारहरू प्राप्त गरे । सप्तरीका रोशन चौधरी फस्ट रनरअप भए । उनले नगद ३० हजार र अन्य उपहार प्राप्त गरे भने पर्साका लीलानाथ प्रसाद थारु सेकेन्ड रनरअप भए ।
उनले २० हजार नगद र अन्य उपहारहरू प्राप्त गरे । यस्तै प्रतियोगितामा विभिन्न अवार्डहरू समेत प्रदान गरिएको छ । मिस थारूतर्फ ट्यालेन्ट अवार्ड सोनु महतो, पर्सनालिटी अवार्ड रञ्जु चौधरी, बेस्ट वाक बिना धमलहवा थारु, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड सुष्मा कुमारी चौधरी, डिसिपिलन अवार्ड केनिशा चौधरी, फोटोजेनिक र खल्ती पब्लिक च्वाइस अवार्ड रेणुका चौधरीले प्राप्त गरिन् ।
त्यस्तै मिस्टर थारूतर्फ ट्यालेन्ट अवार्ड असिम थारु, पर्सनालिटी अवार्ड लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड आशिष थारु, डिसिपिलन अवार्ड हेमन्त चौधरी, फोटोजेनिक अवार्ड लिलानाथ प्रसाद थारु र खल्ती पब्लिक च्वाइस अवार्ड राजीव चौधरीले प्राप्त गरे ।
विजेताहरूलाई प्रतियोगिताका मुख्य निर्णायक कलाकार तथा निर्देशक निश्चल बस्नेत, निर्णायकहरु कलाकार प्रदीप चौधरी, जह इन्टरटेनेमन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुरेश चौधरी, इभेन्ट डाइरेक्टर रुपेश चौधरी, निर्देशक जयस चौधरी लगायतले पुरस्कार वितरण गरेका थिए ।
थारु कला, संस्कृति प्रवद्र्धनका लागि हरेक वर्ष यस सौन्दर्य प्रतियोगिता आयोजना गरिँदै आएको छ । ग्राण्ड फिनालेमा उपाधिका लागि १७ महिला र १६ पुरुष गरि ३३ जना प्रतिस्पर्धामा थिए । प्रतियोगिताका लागि काठमाडौँ, विराटनगर, झुक्का, वीरगञ्ज, चितवन, बुटवल, टिकापुर, नेपालगन्जलगायत १० जिल्लाका मुख्य शहरहरुमा अडिसन गरिएको थियो ।
यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको हो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिसा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।
तपाइँको प्रतिक्रीया