२०८२ असार १२ बिहीबार

राशिफल

स्रोत नखुलेको १५ लाखसहित दुई जना पक्राउ

काठमाडौं : स्रोत नखुलेको १५ लाख १६ हजारसहित दुई जना पक्राउ परेका छन् ।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित शनिबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्ने ३५ वर्षीय जनकराज हमाल र धादिङको गल्छी गाउँपालिका वडा नं। ५ घरभई हाल काठमाडौं महानगरपालिका १४ बस्ने २५ वर्षीय सुमन खतिवडा रहेका छन् ।

भारततर्फ जाँदै गरेको बा।९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो ।