२०८२ असार १२ बिहीबार

राशिफल

चौंरी खर्कस्थित गोठमा मानव कंकाल फेला

काठमाडौं  : चौंरी खर्कस्थित गोठमा मानव कंकाल भेटिएको छ । जिल्लाको भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीस्थित थाक्पा क्युर्सा चौंरी खर्कमा मानव कंकालको अवशेष भेटिएको सिन्धुपाल्चोक प्रहरीका डीएसपी शिव बुढाथोकीले जानकारी दिए ।

उक्त मानव कंकाल एक साताअघि नै भेटिएको थियो । चौंरी गोठालाले देखेपछि कंकालबारे प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेको टोली शुक्रबार थाक्पा क्युर्सा खर्क पुगेको थियो ।

७ घण्टाको पैदल यात्रापछि प्रहरी टोली घटनास्थल पुगेर कंकालको अवशेषबारे सोधखोज र उत्खनन सुरु गरेको थियो ।