काठमाडौं : श्रीलंकामा जारी साफ यु १७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ ।
नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।
नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई हराउदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।
यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।
तपाइँको प्रतिक्रीया