२०८२ असार ३ मङ्गलबार

राशिफल

श्रीलंकाविरुद्धको खेलमा नेपाली टिममा २ परिवर्तन

भुटानसँग खेलेको नेपाली टिम ।

काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकासँग खेल्दै छ । यो खेलका लागि नेपाली टिममा २ परिवर्तन गरिएको छ ।

पहिलो खेलमा भुटानविरुद्ध खेलकी फरवार्ड सावित्रा भण्डारी मैदानमा देखिने छैनन् । भुटानविरुद्ध २ गोल गरेकी उनलाई डेंगु संक्रमण भएको छ ।

यस्तै अर्की फरवार्ड अमिसा कार्कीलाई पनि प्रशिक्षक कुमार थापाले बेञ्चमा राखेका छन् ।

उनीहरुको ठाउँमा रेखा पौडेल र रश्मिकुमारी घिसिङलाई पहिलो रोजाइमै मैदान उत्रने छन् ।

श्रीलंकासँगको खेल ४ गोल अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ ।

यो पनि पढ्नुहोस

सावित्रा भण्डारीलाई डेंगु, आज श्रीलंकासँगको खेल गुमाउने