२०८२ असार १२ बिहीबार

राशिफल

एउटै क्षेत्रमा दोहोरो तेहेरो दाबी छ : सञ्चारमन्त्री कार्की

काठमाडौं : सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनमा सिट बाँडफाँटमा सबै दल लचिलो हुनुको विकल्प नभएको बताएका छन् । बालुवाटारमा सोमबार बिहानदेखि जारी गठबन्धनको बैठकका बीचमा कार्कीले छलफल सकारात्मक भएको बताए ।
कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलका सदस्य समेत रहेका कार्कीले दलहरूको अडानमाथि सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।

‘छलफल सकारात्मक छ । सबै लचिलो हुनुको विकल्प छैन । तथापि दलहरूको आ–आफ्नो अडान छ । ती अडानमा हामी सुक्ष्म ढंगले विश्लेषण गर्दै अगाडि बढिरहेका छौं,’ उनले भने । दोहोरो तेहेरो दाबी भएका निर्वाचन क्षेत्रमा गठबन्धनबाट एउटा उम्मेदवार बनाउने गरी दुई पक्षीय, त्रिपक्षीय र सामूहिक छलफल भइरहेको उनको भनाइ छ ।