२०८२ असार ३ मङ्गलबार

राशिफल

साफ महिला च्याम्पियनशिप : नेपालले श्रीलङ्कालाई ६ गाेलले हरादैं सेमिफाइनलमा प्रवेश

काठमाण्डाै : साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह ‘बी’ काे अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गाेल अन्तरले हराएकाे छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले खेलकाे नवाैँ मिनेटमा पहिलाे गाेल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर बनाइन् । यस्तै खेलकाे १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गाेल गरिन् । यस्तै अनिशा कार्कीले खेलकाे ७६ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् ।

याे जितसँगै नेपाल समूह ‘बी’ काे विजेता बन्दै सेमिफाइनलमा पुगेकाे छ । यही समूहबाट भुटान यसअघि सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।