काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई गलत काम नगर्न सुझाव दिनुभएकाे छ । आज साेमवार भएकाे एक कार्यक्रममा उहाँले यस्ताे सुझाव दिनुभएकाे हाे ।
मेयर शाहले विगतमा भएका कमजाेरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ । गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएकाे छ । हामी धर्म र पापमा विश्वास गर्छाैँ । गलत गरेर कमाएकाे धन, पाप धुरीबाट कराउँछ भनेजस्तै याे कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस् ।’
यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताउनुभयाे । उहाँले प्रहरी संस्था सबै समान भएकाे बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारकाे बनाउने बताउनुभयाे ।
तपाइँको प्रतिक्रीया