काठमाडौं : दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको बस आज साेमवार बेलुकी दुर्घटनामा परेको छ । बस तुलसीपुरको बसपार्क नजिकैको पिपलबोटको उकालोमा दुर्घटनामा परेको हो ।
पिपलबोटको उकालोमा बसमा डिजल सकिएपछि पछाडि ब्याक सर्दा नजिकै रहेको एक फेन्सी पसलमा ठोक्किएर दुर्घटना भएकाे इलाका प्रहरी कार्यालयले जनाएकाे छ । बस पसलमा ठोक्किँदा मानवीय क्षति भने हुन नभएको प्रहरीकाे भनाइ छ ।
तपाइँको प्रतिक्रीया