खड्क सुनार , मुगु : मुगुमा १६ बर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामुहिक बलात्कार गरेको आरोप छ ।
पीडितको उजुरीका अधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका(३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ । एक आरोपी १३ वर्षीय बालकलाई भने कानुनअनुसार संरक्षकको जिम्मामा छाडेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
उनका अनुसार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि बिस्तृत अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रीया